डी के वाइबा, कालिमन्युज, कालेबुङ, 1 मार्च। सिक्किम राज्यका दुई युवकलाई प्रतिबन्धित नशालु पदार्थसहित राष्ट्रिय राजमार्ग टिस्टामा पुलिसले पक्राऊ गरेको छ। पक्राऊ परेका युवकहरू क्रमैले धनबहादुर कामी उर्फ सञ्जय (23) अनि पूरण विश्वकर्म (23) लाई आज कालेबुङ जिल्ला न्यायलयमा पेश गरिएको थियो।
पक्राऊ पर्नेहरू धनबहादुर कामी उर्फ सञ्जय सिक्किम आरिथाङ निवासी अनि पूरण विश्वकर्म गान्तोक बाज्रा हल नजिकका बासिन्दा रहेको पुलिसले जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार मङ्गलबार बेलुकी 6.45 बजी सिलगडीबाट सिक्किम गइरहेको एस के 01 टी 4614 नम्बरधारी एउटा अल्टो गाडीलाई टिस्टा पुलिसले रोकेर खोजतलास गर्दा गाडीमा प्रतिबन्धित औषधीहरू फेला परेको थियो।
गाडीमा प्रतिबन्धित औषधी स्प्याज्मो प्रोक्सिभन प्लस 17 वटा फाइल अनि बोलिरेक्स कफ सिरप 30 बोतल रहेको थियो। पुलिसले तत्कालै उक्त प्रतिबन्धित औषधी सँगै गाडीमा सवार रहेका 2 जना युवकहरू धनबहादुर कामी अनि पुरण विश्वकर्मलाई पक्राउ गरेको हो।
पुलिसले आरोपी युवकहरूसँगै वाहनलाई पनि आफ्नो अधिनमा लिएको छ। पक्रा परेका युवकहरूलाई आज कालेबुङ ल्याएर जिल्ला न्यायालयमा प्रस्तुत गरिएपछि न्यायिक हिरासतमा पठाइएको जानकारी पुलिसले दिएको छ।


0 Comments