डी.के वाइबा, कालिमन्युज, कालेबुङ 29 अक्टोबर। बसिल कम्पनिमा लगानी गर्ने लगानीकर्ताहरूको पैसा अझसम्म कम्पनिले फिर्ता नगरेको कारण आखिरमा कम्पनिको नियत के छ भन्ने बुझ्न यहाँको दु:ख निवारक सम्मेलन भवनमा कम्पनिका एजेन्टहरूले सिनियरहरूलाई बोलाएर सभा डाकेको थियो।
यस अवसरमा कम्पनिका उत्तर बङ्गाल एंव तराई डुवरसका सिनियर एजेन्टहरू क्रमैले कर्मेन्दु दियाली, सूर्यमान विश्वकर्म, राजेश लोहार, गौतम लामा, लगायत कालेबुङका सिनियर अनि जुनियर एजेन्टहरूको उपस्थिति रहेको थियो। यसका साथै कम्पनिको वर्तमान स्थिति बारे बुझ्न केही समय अघि मात्र गठन गरिएको स्टडी फोरमका सदस्यहरूको पनि सभामा बिशेष उपस्थिति रहेको थियो। कम्पनिले आजसम्म लगानिकर्ताहरूको पैसा फिर्ता नगरेको कारण सभामा लगानिकर्ताहरूले सिनियर एजेन्टहरूलाई आफ्नो लागत पैसा फर्काउनु पर्ने माग गरे। यस अवधी लगानिकर्ता अनि कम्पनिका एजेन्टहरू माझ तनावको वातावरण पनि सृजना भएको थियो। कम्पनिले लगानीकर्ताहरूको पैसा फिर्ता नगरेको कारण अहिले घरी स्थानिय एजेन्टहरूले भोग्न परिरहेको समस्या बरे पनि सभामा चर्चा गरिएको थियो।
यसक्रममा उत्तर बङ्गाल एंव तराई डुवर्सका सिनियर एजेन्ट सूर्यमान विश्वकर्मले कालेबुङमा बसिल कम्पनिका निवेशकहरूको पैसा फिर्ता गर्न कम्पनि प्रयासरत भएको बताउँदै यस सम्बन्धमा कम्पनिका उच्च अधिकारीवर्ग सन कुराकानी चलिरहेको जानकारी गराए। लगानिकर्ताहरूको पैसा कम्पनिले आगमी 2021 भित्रमा पूर्णरूपले फिर्ता गर्ने प्रतिश्रुती दिएको बताउँदै यदि पैसा फिर्ता नगरे आफूहरू कम्पनि बिरुद्ध उच्च न्यायलय जान तयार रहेको पनि सूर्यमान विश्वकर्मले बताए। यस अवधी पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा कम्पनिले लगानिकर्ताहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म फिर्ता भने नगरेको पनि तिनले स्वीकार गरेका छन। यद्यपी आफूहरू लगानिकर्ताहरूको पैसा फिर्ता हुने कुरामा आशावादी रहेको बताएका छन्। स्मरण रहोस चिटफण्ड कम्पनि सारदा घोटाला पछि अहिले सम्पूर्ण पैसा वसुली गर्ने कम्पनिहरूका लागानीकर्ताहरूले आफ्नो पैसा फिर्ता मागिरहेको छ।
यसक्रममा बसिल कम्पनिका लगानिकर्ताहरूले पनि आफ्नो पैसा फिर्ता गर्ने दबाव बनाए पछि बसिल कम्पनिले एकाएक कालेबुङको कार्यलय केही महिना अघि नै बन्द गरेको छ। यसक्रममा आक्रोशित लगानिकर्ताहरूले बसिल कम्पनिको कालेबुङमा अवस्थित कार्यलय तोडफोड गर्ने कार्य भएको थियो भने पुलिसले बसिल कम्पनिको कार्यलयबाट आवश्यक दस्तावेजहरू अघिबाटै जफ्त गरिसकेको छ।
पुलिसले बसिल कम्पनिको कार्यलयबाट आवश्यक दस्तावेजहरू जफ्त गरे पछि झनै लगानीकर्ताहरूले आफ्नो पैसा फिर्ता नपाउने डरले एजेन्टहरूलाई दबाव बनाउने कार्य गरिरहेको छ। यसै सिलसिलामा लगानीकर्ताहरूलाई पैसा फिर्ता हुने भरोसा दिलाउन कम्पनिका एजेन्टहरूले सभा गरे पनि सभामा पैसा फिर्ता हुने कुनै ग्यारण्टी भने दिन सकेन। यद्यपी कम्पनिमा लगानी गरेको पैसा फिर्ता पाउनको निम्ति लगानीकर्ता अनि एजेन्टहरू सयुक्त रूपमा अघि बड्नुपर्ने कम्पनिका सिनियर एजेन्ट सूर्यमान विश्वकर्मले आह्वान गरेका छन्।


0 Comments